नेपाल र यूएईबिचको बाँकि खेल भोलि, खेल नभए नेपाल सोझै बिजेता बन्ने पक्का

एसीसी प्रीमियर कप क्रिकेट अन्तरगत नेपाल र यूएईबिचको आज रोकिएको फाइनल खेल मंगलबार हुने भएको छ।

१८ वैशाख, काठमाडौ। एसीसी प्रीमियर कप क्रिकेट अन्तरगत नेपाल र यूएईबिचको आज रोकिएको फाइनल खेल मंगलबार हुने भएको छ।
आज बिहान त्रिवी क्रीकेट मैदानमा सुरु भएको फाइनल खेल वर्षाका कारण अधुरो रहेपछि भोलि बाँकि खेल हुने भएको हो। क्रिकेटमा यस्तो विरलै हुने गर्छ ।
आज विहान टस जितेर नेपालले फिल्ड रोजेको थियो । कुल ५० ओभर मध्ये २७ ओभर ३ बल खेल्दा ९ विकेट गुमाएको यूएईले १०६ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो।
दिउँसो साँढे तीन बजे सम्म मौसमले साथ नदिएपछि बाँकि खेल यहि अवस्थाबाट भोली गर्ने घोषणा म्याच रेफ्रीले गरेका थिए। भोलिको खेल बिहान ९ बजेदेखि सुरु हुने छ । आज जुन अबस्थामा रोकिएको हो, त्यहि अबस्थामा खेल सुरु हुने छ । मौसमका कारण भोलि खेल हुने अवस्था नरहेमा नेपालले बरियताका आधारमा सिधै जित्ने छ । नेपालले आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया