मोहन बस्नेत स्वास्थ्य , धनराज कानुन, डिगबहादुर युवा तथा खेलकुदमन्त्री

२० वैशाख, काठमाठौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुन विस्तार भएको छ । आज प्रचण्डले तीन मन्त्री थप गरेका हुन् । थपिएका मन्त्रीहरुमा धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री रहेका छन् ।
नवनियुक्त मन्त्रिहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले विहिबार सपथ गराउने कार्यक्रम रहको छ । अघिल्लो पटकको विस्तारमा कांग्रेसले अपुरो नाम पठाएपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो ।

प्रतिक्रिया