

२२ वैशाख, सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य माधब सापकोटा सुबोध र बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे (मिलडाँडा) ठोकर्पा सडकको अनुगमन गरेका छन् ।
सुकुटे मिलडाँडा ठोकर्पा सुनकोशी गाउँपालिकाको वडा नम्बर १ र २ ठोकर्पा लाई समेटेको छ । सो सडक हुदै लिसंखुपाखर गाउँपालिकाको लिसंखु र ठुलोधादिङ जोडिएको छ ।
प्रादेसिक सडक डिभिजन, सिन्धुलीबाट गौरी पार्वती कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पारी २०७४ सालबाट सुरु भएको निर्माण कार्यको म्याद सकिएर प्राबिधिक स्टमेट अनुरुप र ठेक्का लाग्दा बखतको काम पुरा नभएपछि सांसद सापकोटाकै पहलमा भेरियसन अर्डर पश्चात पुन काम सुचारू भएको हो । उनले आउने असार १ गतेभित्र निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
सांसदको निर्देशनपछि व्यवसायी श्याम अर्यालले समयमा नै कनम सक्ने स्थानीयसामु प्रतिबद्धता जनाए ।
सांसद सापकोटाले अघिल्लो बर्षको पौष ४ गते स्थलगत अनुगमन गर्दासम्म ७० प्रतिशत काम भएकोमा हाल ८१ प्रतिशत काम सम्पन्न भएको डिभिजन कार्यालयका साईट हेर्ने ईन्जिनियर सुमन सापकोटाले बताए । उनका अनुसार यसको लागि कुल बजेट २२ करोड लागत रहेको छ ।
सुकुटे मिलडाँडा ठोकर्पा सडकखण्डको निर्माणस्थल अनुगमनको सोही अवसरमा पूर्वाधार बिकास कार्यालय,चौताराबाट निर्माण हुदै गरिएको सुनकोशी २ वडाकार्यालय देखी भ्यू टावर जाने १४ लाख बजेटले निर्माण हुँदै गरेको सडकको पनि स्थलगत अवलोकन गरिएको छ।
सांसदहरुलाई स्थानीयले सामान्य हावाहुरीमा पटकपटक बिद्धुतको समस्या भएको गुनासो गरेका थिए । सांसद सापकोटाले बिद्युत प्राधिकरणसंग कुरा गरि कर्मचारी थप्नको लागि निर्देशन दिएका छन् । सापकोटाले गाउँपालिको ५ नम्बर वडा सुनखानीको बिभिन्न टोलबस्तीमा गई स्थानीयहरुसंग भेटघाट गरि स्थानीयको गुनासो सुनि उक्त गुनासो सम्वोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

