संसद बैठकमा लगाइराखेको कपडा खोलेर विरोध

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आफूलाई संसद बैठकमा बोल्न समय नदिएको भन्दै लगाइराखेको कपडा खोलेर विरोध गरेका छन। 

सिंहले संसदमा कपडा खोल्न थालेपछि सभामुख देवराज घिमिरेले असभ्य र अश्लील ब्यवहार नदेखाउन चेतावनी दिएका थिए । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जाने कुरा गरेपछि सांसद सिंहले यस्तो गरेका हुन। सभामुख घिमिरेले वैठकमा यस्तो गतिविधि नदेखाउन चेतावनी पनि दिएका थिए। नियमानुसार सभ्यताका साथ आफ्ना कुराहरु राख्न तिर लाग्नुस भनेपछि उनले आफ्नो कपडा लगाएर निस्किएका थिए।
यस्तो क्रियाकलापको विषयमा सांसद सिंहले “भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन, यो बाहेक म संग विकल्प थिएन ” भनेर प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया