प्रधानन्यायाधीसमा कार्कीको नाम सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको छ।

५ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको छ।
सोमबार साँझ बसेको परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। कार्की हाल कामु प्रधानन्यायाधीश छन्। संसदीय सुनुवाइपछि उनको नियुक्ति हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, र कानून, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए । कार्कीको सिफारिस बारे बैठकपछि कानून, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।
तत्कालिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लागेपछि प्रधानन्यायाधीको पद खाली छ । संसदको चुनावका कारण सुनुवाई हुन नसकि यस अघिका कामु प्रधानन्यायाधीस दिपक कार्कीको कामु मै पदावधि सकिएको थियो ।

प्रतिक्रिया