सिन्धुपाल्चोकमा डरलाग्दो तथ्यांक : ४ महिनामा ४० ले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत पुस २२ गतेदेखि वैशाख २७ सम्ममा ४० जनाले आत्महत्या गरेका हुन् ।

चौतारा । सिन्धुपाल्चोक जिल्लामा आत्महत्याको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । प्रहरीका अनुसार गएको ४ महिनामा ४० जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत पुस २२ गतेदेखि वैशाख २७ सम्ममा ४० जनाले आत्महत्या गरेका हुन् । ४० जनामा २० जना पुरुष, १५ जना महिला, २ जना बालक र ३ जना बालिका रहेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।

पछिल्लो समय आत्महत्याको दर उच्च हुनु पारिवारिक विचलन नै प्रमुख कारण रहेको उनको भनाई छ । आत्महत्या गर्नेहरुमा ५० वर्ष नाघेका र दीर्घरोगीको संख्या उल्लेख्य रहेको उनले जानकारी दिए ।
राणाका अनुसार उनले कार्यालयमा हाजिर भएदेखीको प्रकाशित प्रगती प्रतिवेदनमा जिल्लामा घटेका ९८ घटनाहरु मध्ये ४० घटनाहरु आत्महत्यासँग सम्वन्धित छन् ।

प्रतिक्रिया