नक्कली भुटानी शरणार्थीको विषयलाई स्वार्थमा जोडेर राजनीतिकरण नगरौ : सांसद सापकोटा

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित संघीय संसद, प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले नक्कली भुटानी शरणार्थीको विषयलाई स्वार्थमा जोडेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

२७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित संघीय संसद, प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले नक्कली भुटानी शरणार्थीको विषयलाई स्वार्थमा जोडेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा आफ्नो धारणा राख्दै सांसद सापकोटाले नक्कली भुटानी शरणार्थीको विषयले सिंगो देशनै तातेको, अन्तराष्ट्रिय रुपमै यो विषय एउटा सर्वाधिक चासोको विषय बनेको बताउँदै यसलाई स्वार्थमा जोडेर राजनीतिकरण गर्न नहुने धारणा राखेका हुन् । उनले संसदमा भने ‘म सबैलाई गम्भिरतापूर्वक के अनुरोध गर्न चाहन्छु भने यो विषयलाई हामी सानातिना विषयहरूका रूपमा स्वार्थमा जोडेर राजनीतिकरण नगरौ र गम्भीरतापूर्वक यो विषयलाई लिउँ भन्ने कुरा ध्यानाकर्षण गराउन चाहन्छु ।’
सापकोटाको सम्बोधनको पूर्णपाठ

‘सम्माननीय सभामुख महोदय । नक्कली भुटानी शरणार्थीको विषयले सिंगो देशनै तातेको छ । त्यति मात्र हैन अन्तराष्ट्रिय रुपमै यो विषय एउटा सर्वाधिक चासोको विषय छ । मेरो सुचनामा ‘एफबिआई’ले समेत यसलाई चासो लिएर अनुसन्धान गर्दैछ भन्ने बुझेको छु । त्यसैले म सबैलाई गम्भिरतापूर्वक के अनुरोध गर्न चाहन्छु भने यो विषयलाई हामी सानातिना विषयहरूका रूपमा स्वार्थमा जोडेर राजनितीकरण नगरौ र गम्भीरतापूर्वक यो विषयलाई लिउँ भन्ने कुरा ध्यानाकर्षण गराउन चाहन्छु । साथै हाम्रो संसदलाई सञ्चालन गर्नका लागी सम्माननीय सभामुखको नेतृत्वमा २१ सदस्यीय कार्यव्यवस्था समिती छ तर कार्यव्यवस्थामा रहनुभएका सदस्यहरूले नै पटक पटक यो विषयलाई उल्लंघन गरेर संसदको गरिमालाई भंग गरिराख्नुभएको छ । यो विषयतर्फ पनि म गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद लालसलाम ।

प्रतिक्रिया