अन्ततः पक्राउ परे रायमाझी

पक्राउ पूर्जी जारी भएपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

३१ वैशाख, काठमाडौं । पक्राउ पूर्जी जारी भएपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी अन्ततः आज पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका उनलाई आइतबार राति प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । हिजै काठमाडौं छिरेको खबर पाएपछि उनलाई पछ्याएको प्रहरीले काठमाडौंमा हावाहुरी र असिना रोकिए लगत्तै पक्राउ गरेको थियो । उनी विरुद्ध वैशाख २० गते पक्राउ पूर्जी जारी भएको थियो ।
सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि उनलाई पक्राउ गर्न प्रहरीलाई दबाब परेको थियो ।
भ्रष्टाचार प्रकरणमा धमाधम ‘ठूला माछा’ समातिन थालेपछि प्रचण्ड नेतृत्व सरकार, गृह प्रशासन र नेपाल प्रहरीको प्रशंसा हुन थालको छ ।

प्रतिक्रिया