सभामुख हुँदा एमालेबाट ‘जहाँ भेटियो त्यहीँ साँघातिक हमला गर्ने दुस्प्रयास’ भयो : माओवादी उपाध्यक्ष सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान साभामुख अग्निप्रसाद सापकोटाले आफूलाई पदमा रहँदा एमालेबाट जहाँ भेटियो त्यही साँघातिक हमलाको दुस्प्रयास भएको बताएका छन् ।

२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान साभामुख अग्निप्रसाद सापकोटाले आफूलाई पदमा रहँदा एमालेबाट जहाँ भेटियो त्यही साँघातिक हमलाको दुस्प्रयास भएको बताएका छन् ।
सोमबार काठमाडौंमा विद्यार्थी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले सो कुरा खुलासा गरेका हुन् । उनले भने ‘मैले १४ जना यहिँ हुनुहुन्छ आदरणीय माधव कमरेड उहाँहरुको सुचना टाँस गरिन, सुचना टाँस नगरेपछि लगातार मेरो विरुद्द आक्रमण गरेको गरेई, वास्तवमा सदनमा मात्रै हो ? होइन जहाँ भेटियो त्यहि सांघातिक हमला गर्ने दुस्प्रयास गरे ।’
उनले थपे ‘तपाइहरुले सुन्नुभो होला बुटवलमा आक्रमण गर्ने दुस्प्रयास गरे, धुलिखेलमा आक्रमण गर्ने दुस्प्रयास गरे सिन्धुपाल्चोकमा दुस्प्रयास गरे, सिन्धुपाल्चोकमा निक्लिनै सकेनन् किनभने म सिन्धुपाल्चोकमा जन्मेको ।’
विपक्षी दलले चुनौति दिएको प्रसंग कोट्याउँदै उनले भने ‘मलाई जब त्यति बेलाको विपक्षी दलको नेता केपि ओलीले २०७८ भदौको २ गते हेरांै सभामुखले कसरि सदन चलाउँदो रैछ भन्ने च्यालेन्ज गरिसके पछि मैले त्यो च्यालेन्जलाई स्विकार गरे । किनभने मैले त्यसलाई गम्भिरतापुर्वक लिए र मलाई माओले सिकाउनु भाको कुरा के थियो भने कुनै पुरानो कुरालाई पनि गम्भिरतापुर्वक लिनु भनेर सिकाउनु भाको थ्यो ।’ कार्यक्रममा उनले हाल भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले क्रान्तिमा अधिकांस समय भारतमै बसेर जनताकोमा नगएको बताएका थिए । उनले दलहरु मिल्नुको विकल्प नभएकोमा जोड दिए ।

प्रतिक्रिया