सगरमाथा आरोहणमा कामीरिता शेर्पाको नयाँ किर्तिमान

सगरमाथा आरोहणमा नयाँ किर्तिमान कायम भएको छ ।

३ जेठ, काठमाडौं । सगरमाथा आरोहणमा नयाँ किर्तिमान कायम भएको छ । आरोही कामीरिता शेर्पाले आज बिहान साँढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेपछि नयाँ कीर्तिमान कायम भएको हो । आज बिहान एक जना विदेशी आरोही लिएर शेर्पा सगरमाथाको शिखरमा पुगेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाइले बताए । सोलुखुम्बु जिल्लाको थामे गाउँमा जन्मिएर २ दशकभन्दा लामो समय विश्वका अग्ला हिमशिखर चढेका उनको आरोहण यात्रा भने ९० को दशकदेखि सुरु भएको थियो ।
यसअघि २६ औं पटक सगरमाथा आरोहण गरेर उनी स्वयं र उनकै जिल्लाका पासाङ दावा शेर्पाले किर्तिमानी बनाएका थिए । हरेक वर्षको अप्रिल र मे महिनालाई सगरमाथा आरोहणको सिजन मानिन्छ ।

यसैबिच नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि आज बिहान सगरमाथाको सफल आरोहण गरेका छन ।

सन् १९५३ मे २९ का दिन बिहान ११ : ३० बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेक्न सफल भएका थिए ।

प्रतिक्रिया