उपाध्यक्ष सापकोटाको नेतृत्वमा २० सदस्यीय माओवादी प्रतिनिधि मण्डल चीनतर्फ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय माओवादी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ ।

५ जेठ, काठमडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय माओवादी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सापकोटा नेतृत्वको २० सदस्य रहेको प्रतिनिधि मण्डल दुई साता लामो भ्रमणका क्रममा मध्यान्ह चीनका लागि प्रस्थान गरेको हो ।
भ्रमणका क्रममा प्रतिनिधि मण्डलले ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को मा अवलोकन भ्रमण गर्ने छ ।
भ्रमण टोलीमा पूर्व सभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् । सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आउँदो जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया