संसदमा नीति तथा कार्यक्रममाथि छलफल : ओलीको आक्रोस, कुन्ठा पोख्ने काम भयो सत्तापक्ष

संघीय संसद, प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा छलफल सुरु भएको छ ।

८ जेठ, काठमाडौं । संघीय संसद, प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा छलफल सुरु भएको छ । शुक्रबार राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथीको छलफल गरियोस भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव आइतबार पेश गरेका थिए ।
छलफलमा भाग लिंदै प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको तिव्र आलोचना गरेका छन । उनले पहिलोपटक नीति तथा कार्यक्रम ल्याइएको जस्तो देखिएको भन्दै यस अघिका सरकारले यस्ता कार्यक्रम नै नल्याए जस्तो भएको टिप्पणी गरे । झण्डै दुई घण्टा समय खर्चेका ओलीले नीति तथा कार्यक्रम नै परिमार्जन गर्नु पर्ने बताए ।

यसैविच सत्तापक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले समानान्तर नीति तथा कार्यक्रमको झल्को आउने गरि बुँदा बुँदा पल्टाएर प्रतिपक्ष दलका नेता ओलीले व्याख्या गर्नु र अन्तिममा यसलाई खारेज गरौं पास हुन नदिउ भन्नु कुन्ठा भएको टिप्पणी गरेका छन् ।


संसदबाट बाहिरीने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने ‘अझ एग्रेसिभली फिर्ता लिनुहोस र पुनर्लेखन गर्नुहोस समेत भन्नुभयो, हेडसरको तरिकामा उहाँ संसदमा प्रस्तुत हुनुभो न कि उहाँ त प्रतिपक्ष दलको नेता हो । रचनात्मक सल्लाहसुझाव दिनुपर्थ्यो कि हामी संसदका सबै मान्य सदस्यहरुलाई हेडसरको शैलीमा पढाउनुभयो, त्यो गल्ति गर्नुभयो । मलाई के लाग्छ भने हामीकहाँ नीति तथा कार्यक्रम प्रभावकारी नभएर देशले विकास नगरेको होइन । बनाइएका नीती तथा कार्यक्रमहरु तर्जुमा गरेका बजेटलाई प्रभावकारी र सहि समयमा कार्यान्वयन नगरेका कारण देश यो दुर्गतिमा छ, त्यसैले अहिलेको यो सरकारको प्राथमिकता के हुनुपर्छ भने निर्माण गरिएका कार्यक्रमहरुलाई र यसअघि निर्माण गरिएका राम्रा कार्यक्रमहरुलाई त्यो चै प्रमुख कुरा हो ।’

प्रतिक्रिया