कामीरिता शेर्पाको नयाँ किर्तीमानी, २८ औं पटक सगरमाथाको चुचुरोमा

आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ किर्तीमानी कायम गरेका छन् ।

९ जेठ, काठमाडौं । आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ किर्तीमानी कायम गरेका छन् । उनले आज बिहान २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेर किर्तीमान कायम गरेका हुन् । उनले जेठ ३ गते ८ : ३० बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर विश्वकै अग्लो हिमालमा सबैभन्दा धेरैपटक पुग्ने रेकर्ड राखेका थिए । उनकै २७ औं रेकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।
उनले आज बिहान २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका हुन् । उनी आज बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए । सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता आज आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए ।
शेर्पा एक साता नपुग्दै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेका हुन् । उनले यसअघि सन् २००९, २०१०, २०१३ र २०१९ मा पनि एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया