बागमती प्रदेश सभामा ‘मदन भण्डारी हत्याकाण्ड’ छानविनको माग, माओवादीका लागि भ्रष्टाचार सहिदको मासु खानु सरह हो : सरल सहयात्री

सिन्धुपाल्चोक १ 'ख' बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडलले माओवादीका लागि भ्रष्टाचार गर्नु सहिदको मासु खानु सरह भएको बताएका छन् ।

१० जेठ, हेटौंडा । सिन्धुपाल्चोक १ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडलले माओवादीका लागि भ्रष्टाचार गर्नु सहिदको मासु खानु सरह भएको बताएका छन् ।

बुधबार बागमती प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले भ्रष्टाचार गरे त्यो सहिदको मासु लुछेर खानु सरह भएको बताएका हुन् । उनले भने ‘माओवादी आन्दोलनमा लागेर सहिदको रगतमाथी टेकेर यो सत्तालाई परिवर्तन गर्ने सपना देखेर खडा भएका माओवादीले भ्रष्टाचार गरेका छन् भने सबैभन्दा पहिलो अपराधि करार गरेर जेलमा थुन्ने हिम्मत पार्टी नेतृत्व प्रचण्ड र नेपाल सरकारसँगै प्रदेश सरकारको मुख्य मन्त्रीले गर्नु पर्छ।’
अर्को प्रसंगमा सांसद सहयात्रीले मदन भण्डारी हत्याकाण्डको फाईल खोलेर छानविन गरी दोषीलाई कारबाही गर्नु पर्ने तर्क गरे । यसमा एमाले नेता कार्यकर्ता नै सक्रिय हुनु पर्ने उनको भनाई थियो । सहयात्रीले दरवार हत्याकाण्डको फाइल खोलेर छानविन गर्न समेत चुनौति दिए ।
सांसद पौडेलले सिन्धुपाल्चोकमा बर्षेनि आइपर्ने विपद्लाई चासो लिएर पूर्व तयारीका लागि पहलकदमी गरीदिएकोमा मुख्यमन्त्री, आन्तरीक मामीला मन्त्रीलगायतलाई धन्यवाद दिए । बिचौलीयाहरुबाट विक्री हुने गरेको रासायनीक मल समयमै किसानलाई उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया