११ जेठ, सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा नं ६ स्थित हगाम, हाप्रामा पहिलो पटक सार्वजनिक बस सञ्चालनमा आएको छ । यसबाट प्रत्यक्ष लाभान्वित हुन पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन ।
पहिलो पटक सार्वजनिक यातायातमा आवतजावत गर्न पाएपछि हाप्राबासीले यात्रामा सहज भएको बताएका छन् ।
स्थानीय जनप्रतिनिधिहरुकोे पहलमा बुधबारदेखि काठमाडौंको नारायणटार, जोरपाटी, चाबहिल हुँदै पुरानो बसपार्क भएर कोटेश्वर, धुलीखेल, दोलालघाट, बलेफी, नौविसे, जलविरे हुँदै ढाँडेबाट बिशिङ्खर, हगाम हाप्रासम्म बस सञ्चालन हुने छ । स्थानीयले वर्षायाममा पनि निरन्तर बस सञ्चालनमा ल्याउने व्यवस्था गर्न माग गरेका छन् ।