बागमती सरकारले जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्छ : सहयात्री

बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाएका छन् ।

११ जेठ, हेटौडा । बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाएका छन् । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष उनले माओवादी नेतृत्वको सरकारलाई यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।
बिहिबार प्रदेश सभामा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिदै सांसद सहयात्रीले प्रदेश सरकार बलियो बनाउन समाजवादी मार्ग अवलम्बन गर्दै सरकारले आफै उत्पादन र वितरण प्रणालीमा जोड दिनुपर्ने बताए ।

उनले भने ‘प्रदेश सरकार ७० /७२ अर्बको बजेट बनाउँछ र ४० अर्ब खर्च गर्न नसकेर धौ -धौ पर्छ, भएको बजेटलाई खर्च गरेर हाम्रो आर्थिक उन्नतिलाई बढाउने मार्गमा हिड्न जरुरी छ।’ अर्को प्रसङ्गमा सासंद सहयात्रीले नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा मौलिकतासहित पुराना चिजहरुलाई व्यवस्थापन गरेर जान जरुरी रहेको बताए ।

प्रतिक्रिया