एमालेद्वारा सदन अवरोध, सभामुखले संझाए संसदीय मर्यादा

प्रमुख विपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको छ ।

१२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको छ ।
आज विहान सदन सुरु भए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए । उनले केपी ओलीका पालामा पशुपतीमा सुनको जलहरी लगाइएको तर संसदमा सो जलहरी पित्तल भएको भनी टिप्पणी भएको भन्दै यसबारे छानविन गर्नु पर्ने माग गरे । सो विषयमा बोल्ने सांसदले माफि नमागेसम्म संसद चल्न नदिने उनको भनाई पछि एमालेका सांसदहरु वेल घेराउमा पुगेका थिए । त्यसपछि सभामुखले मर्यादामा रहन सांसदहरुको ध्यानाकर्षण गराएका थिए । एमालेले नाराबाजी जारी राखेपछि बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया