महिलाको श्रम र अधिकारलाई सम्मान गर्ने नीति आवश्यक : सांसद अमृता नेपाल

बागमती प्रदेश सभा सदस्य अमृता नेपाल 'प्रभा'ले महिलाको श्रम र अधिकारलाई सम्मान गर्ने नीति तर्जुमा गरिनु पर्ने बताएकी छन् ।

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सभा सदस्य अमृता नेपाल ‘प्रभा’ले महिलाको श्रम र अधिकारलाई सम्मान गर्ने नीतिमा जोडि दिएकी छन् ।
बागमती प्रदेशको बिनियोजन बिधेयक २०८० का सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै शुक्रबार सांसद नेपालले बिहान ४ बजेदेखि राति १० बजे सम्म श्रमसँग जोडिएका गृहिणी महिलाहरूलाई श्रमको मुल्य निर्धारण गरी सम्मान पाउने अबस्था सिर्जना गर्न नीति र प्राथमिकतामा राख्नु पर्नेमा धारणा राखेकी हुन् ।
उनले भनिन् ‘५१ प्रतिशत माहिलालाई विना भेदवाभाव वर्गिय अधिकार हुन्छ सम्पती र पारिवारिक कुरामा दम्पतिको बराबरी अधिकार हून्छ लिखितमा मात्र नभएर ब्यवहारमा पनि लागू हुन जरूरत छ। बिहान ४ बजेबाट राती १० बजे सम्म काम गर्दा पनि महिला दीदी बहिनीले गरेको श्रमको मूल्यांकन छैन भएको छैन ।’
छलफलका क्रममा सांसद नेपालले सरकारले विपद् जोखिमयुक्त घोषणा गरेको सिन्धुपाल्चोक जिलामा न्यून आय भएका किसान महिलालाई विशेष कार्यक्रमको समेत माग गरेकी छन्।

प्रतिक्रिया