‘जनयुद्धमा वेथिति विरुद्ध होमिएका थियौं, अहिले भ्रष्टाचार विरुद्ध होमिएका छौं’ : प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठूला ठूला एक्सन हुन लागेको बताएका छन् ।

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठूला ठूला एक्सन हुन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानन्त्रीले भ्रष्टाचार विरुद्ध सरकार निरन्तर लागिरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले ‘भने १० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौ ।’ प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने विश्वास व्यक्त गरे । उनले भने ‘जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं, अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठूला ठूला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं ।
अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताए । उनले भने ‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।’
आफुहरु नेतृत्वमा गएदेखि आफुहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले भने ‘हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौ । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ । यहाँसम्म आउदाँ जनतामा एउटा नयाँ अभियार र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ ।’
प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पुरा गर्नका लागि पनि आफुहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए । उनले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दार र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह गरे ।

प्रतिक्रिया