लिसंखु पाखरको एक वर्षे प्रगति विवरण सार्वजनिक, भौतिक पूर्वाधारमा ७२ प्रतिशत वित्तिय प्रगति, ४२ लाख ९७ हजार राजश्व संकलन

लिसंखु पाखर गाउँपालिकाले जनप्रतिनिधिहरुको पहिलो १ बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।

१४ जेठ, सिधुपाल्चोक । लिसंखु पाखर गाउँपालिकाले जनप्रतिनिधिहरुको पहिलो १ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पालिका अध्यक्ष राजु लामाले ३४ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
पहिलो बर्षको प्रगति विवरणमा भौतिक पूर्वाधारमा ७२ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गरिएको छ । यस्तै प्रक्षेपण गरिएभन्दा करिब तीन लाख बढी राजश्व संकलन भएको जानकारी अध्यक्ष लामाले दिए । यस आर्थिक बर्षमा ४० लाखको लक्ष्य राखएकोमा ४२ लाख ९७ हजार संकलन भएको अध्यक्ष लामाले बताए । उनका अनुसार पालिकाले म्याद नाघेको ठेक्का रद्ध गरी धरौटी जफत गरी ३८ लाख राजश्व थप गरेको छ ।
पत्रकार सम्मेलनमा असारे विकासलाई निरुत्साहित गर्दै वैशाख मसान्त सम्ममा ७० प्रतिशत वित्तिय प्रगति हासिल भएको जानकारी गराइएको थियो । अध्यक्ष लामाका अनुसार १३ वटा योजना ठेक्का प्रक्रिया मार्फत सञ्चालनमा आएका छन् भने ११९ वटा आयोजना उपभोक्ता समिति मार्फत काम भएका छन् । कार्यक्रममा प्रारम्भिक बाल विकास देखि कक्षा ६ सम्मका पालिका भित्रका सबै विद्यालयमा दिवा खाजा, स्वास्थ्य सेवामा सहजता, २२५० जना बेरोजगारको सूचिकरण गरिएको लगायत विषयगत कार्यालहरुको प्रगित विवरण समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिठु देवी लामा, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर बिष्ट, प्रवक्ता एवं लेखा अधिकृत महेश राना मगर लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया