आगामी आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक , युवा लक्षित कार्यक्रमले उत्साह, कर्मचारीलाई अतिरिक्त भत्ता रोकिने

सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि बजेट सार्बजनिक गरेको छ ।

१५ जेठ काठमाडौं । सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्बजनिक गरेको छ । अर्थ मन्त्री डा.प्रकाश शरण महतले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक बर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेका हुन् । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ ।
बजेटमा युवा लक्षित कार्यक्रम राखिएका छन् । सरकारले उत्पादन रोजगार र आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमै उत्पादन र रोजगारको नारा राखेर युवालाई आकर्षण गर्न खोजेको छ । २०८० मा लगानी सम्मेलन गर्ने घोषणा गरको सरकाले स्वास्थ्यमा बजेट बढाएको छ । उत्पाद साथमा अनुदान हातमा कार्यक्रम घोषणा गरेको सरकारले बालबालिकालाई बिद्यालयमा ल्याउने सिकाउने र टिकाउने नीति लिएको छ । सरकारले सिंचाईमा लगानी खेतबारीमा पानीको नीति अघि सारको छ । अन्तर्राष्ट्रिय रुपमै आर्थिक चाप परेको भन्दै कर्मचारीलाई अतिरित्त भत्ता भने रोकिएको छ । यस्तै बजेटमा आगामी २ बर्ष भित्रमा सत प्रतिशत घरमा बिजुली पुर्याउने लक्ष्य लिइएको छ । आगामी बर्ष ९०० मेघावाट विजुली थप गरिने घोषणा सरकारले गरेको छ । सरकारले बजेट मार्फत पुँजी बजारमा संस्थागत लगानीलाई प्रोत्साहित गर्ने बताएको छ । यस्तै सरकारले नागरिक पेन्सन कार्यक्रम अघि सार्ने घोषणा गरेको छ । संस्थानलाई कंपनी ढाँचामा लाने घोषणा गरिएको छ ।

निर्वाचन क्षेत्रको विकासका लागि निर्वाच क्षेत्र विकास कोष निर्माण गरिएको छ । जसमा हरेक निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याइएको छ ।

प्रतिक्रिया