सिन्धुपुत्र सुरेश कसजूलाई बागमती प्रदेशको अग्रज पत्रकारिता पुरस्कार

१५ जेठ, हेटौँडा । सिन्धुपाल्चोकलाई आधार बनाएर पत्रकारिता गर्दै आएका पत्रकार सुरेश कसजू बागमती प्रदेशको ‘अग्रज पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
१६ औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार उनी पुरस्कृत भएका हुन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमर कट्टेलले पत्रकार कसजूलाई २० हजार नगदसहित ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरेका हुन् ।
बागमती प्रदेशभित्रका ३० वर्ष भन्दा लामो समय पत्रकारितामा समर्पित पत्रकारहरूलाई पुरस्कृत गर्दै लाने उद्देश्य अनुरुप प्रदेश सरकारले यसको थालनी गरेको छ । पुरस्कृत कसजु २०४६ सालदेखि निरन्तर पत्रकारितामा सक्रिय छन् । उनी आफैं सम्पादक रहेको सर्वपक्ष दैनिक, सिन्धु सन्देश साप्ताहिक, जुगल खबर अनलाइन सञ्चालन तथा प्रकाशन भइरहेको छ । कसजू यस अघि गोरखापत्र दैनिककको बोर्ड सदस्य रहिसकेका छन् ।

प्रतिक्रिया