प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान

प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निमन्त्रणमा चार दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निमन्त्रणमा चार दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री सहितको भ्रमण टोलि नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो भारत प्रस्थान गरेहो हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटघाट गर्ने कार्यक्रम छ। सरकारी र निजी क्षेत्रसहित ८८ जनाको प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया