प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

१८ जेठ, नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज विहान उहाँहरुबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटपछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । बुधबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आज विहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेका थिए ।

प्रतिक्रिया