उपाध्यक्ष सापकोटा नेतृत्वको माओवादी प्रतिनिधि मण्डल स्वदेश फिर्ता

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वको माओवादी प्रतिनिधि मण्डल दुई साता लामो चीन भ्रमण सकेर विहीबार राति स्वदेश फिर्ता भएको छ ।

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वको माओवादी प्रतिनिधि मण्डल दुई साता लामो चीन भ्रमण सकेर विहीबार राति स्वदेश फिर्ता भएको छ ।
सापकोटा नेतृत्वको २० सदस्यीय पार्टी प्रतिनिधि मण्डल यही जेठ ५ गते चीनतर्फ प्रस्थान गरेको थियो । नेपाली टोलीले चीनमा रहँदा सिचुवान प्रान्तको राजधानी छेन्दु, तिब्बतको राजधानी ल्हासा, बेइजिङ हुँदै हुबेई प्रान्तको सियान र उहानको भ्रमण गरेको थियो । तिब्बत यात्राका क्रममा नेपाली नेताहरुले कैलाश मानसरोबर यात्रा समेत गरेका थिए । भ्रमाणबाट नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास गरिएको छ । भ्रमणको उदेश्य पार्टीबिचको सम्बन्ध सुधार गर्ने, दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउने, चीनले गरेको आर्थिक विकास र प्रगतिको बारेमा अनुभव आदानप्रदान गर्ने रहेको टोली नेता समेत रहेका उपाध्यक्ष सापकोटाले बताए । चीनले गरिबी निवारणमा हासिल गरेको प्रगतिको अनुभव आदानप्रदान, तिब्बतमा चीन सरकारले गरिबी निवारणमा हासिल गरेको उपलब्धिका बारेमा देख्ने र सिक्ने अवसर मिलेको उपाध्यक्ष सापकोटाको भनाई छ । गरिबी निवारण अभियानबाट जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने कुरा पनि अनुभव गर्न पाएको उपाध्यक्ष सापकोटा बताए । उनले चिनियाँ नेतामा चीनमा द्रूत विकास भइरहेको, नेपालमा पनि विकासमा सहयोग गर्न पाए हुने थियो भन्ने मनसाय पाएको बताए ।

प्रतिक्रिया