‘सरकार गरिबको लागी पनि हो भन्ने अनुभूति गराउनु पर्छ’ सरल सहयात्री

बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सरकार गरिबको लागि पनि हो भन्ने अनुभूति गराउनु पर्ने बताएका छन् ।

१९ जेठ, हेटौंडा । बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सरकार गरिबको लागि पनि हो भन्ने अनुभूति गराउनु पर्ने बताएका छन् ।
बागमती प्रेदशको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रममा पुर्नलेखन आवश्यकता नभएपनि महत्त्वका साथ हेर्न र अवलम्बन गर्नुपर्ने बताए । उनले राष्ट्रिय महत्त्वका विषयमा सधै विरोध गर्ने, देशको नागरिता त्यागेर अमेरिका यूरोप, ठूलाठू‌ला देशमा बसेर नेपालमा पसिना बगाउनेलाई चोर डाकाको संज्ञा दिएर राष्ट्रवादरी नभइने बताए । काठमाडौंमा गरिबले बेच्ने चनाचटपटे र पानी पुरी खोसिदाको पीडा सामाजिक संजालमा व्यक्त भैरहँदा सरकार गरिबको लागी पनि हो भन्ने अनुभूति दिनु धारणा राखे । बागमती प्रदेश सरकारले यस्तै प्रकृतिका साना व्यवसायीहरुलाई परेका मर्काका विषयमा ध्यान दिनु पर्नेमा जोड दिए ।
प्रदेशलाई अभिभावकत्व दिएर सघाउनुपर्नेमा नियन्त्रकको भूमिका निर्वाह गर्दा र संघीयता दिए जस्तो मात्र गर्दा विरोधीहरूलाई फाइ‌दा पुगेको उनको भनाई थियो । उनले पारदर्शिता र सुशासनक लागि इ गभर्नेन्समा जान जरूरी रहेको बताए । सांसद सहयात्रीले शिक्षा क्षेत्रको बजेट जरामा अर्थात बालबालिकामा केन्द्रित हुने गरी र खेलकुद क्षेत्रको बजेट मुख्य गरी २०/२५ भन्दा मुनिका युवाहरूलाई लक्षित हुनेगरी मापदण्ड तयार गर्दा मात्र खेलकुद क्षेत्रमा विकासको मोडल तयार हुने बताए । आफू सगरमाथा आरोही भएको स्मरण गर्दै उनले नेपालमा माउन्टेनिङ टुरिजम, कल्चरल टुरिजम र रिभर टुरिजमलाई महत्त्व दिए अर्थतन्त्रलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । जनयुद्ध जनआदोलन वर्तमान व्यवस्थाको आधार भएको र त्यहि आधारबाट सामानुपातिक र जनजाती कोटाबाट माननीय भएकाहरुले विरोध नगरी जनयुद्ध र जनआन्दोलनलाई धन्यवाद दिनु पर्ने उनको धारणा थियो ।

प्रतिक्रिया