भारतको ओडिशा राज्यमा रेल ठोक्किँदा कम्तिमा २३३ जनाको मृत्यु , ९०० घाइते

भारतको पूर्वी ओडिशा राज्यमा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २३३ जनाको मृत्यु भएको छ । सो भयानक दुर्घटनामा ९०० जना घाइते भएको सम्बद्ध अधिकारीहरूले बताएका छन्।

२० जेठ, काठमाडौं । भारतको पूर्वी ओडिशा राज्यमा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २३३ जनाको मृत्यु भएको छ । सो भयानक दुर्घटनामा ९०० जना घाइते भएको सम्बद्ध अधिकारीहरूले बताएका छन्। दुर्घटना लगत्तै बालासोर जिल्लामा २०० भन्दा धेरै एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको ओडिशाका मुख्य सचिव प्रदीप जेनाले जानकारी दिएका छन् ।
एक यात्रुबाहक रेल शुक्रबार राति छेउछाउको ट्र्याकमा अर्को रेलले ठक्कर दिर खसेको हुन सक्ने ठानिएको छ । यो शताब्दीको भारतको सबैभन्दा खराब रेल दुर्घटना हो। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । भारतीय रेलवे अधिकारीहरुका अनुसार दुर्घटना भएका दुई रेल सेवाहरू कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस थिए। अहिलेसम्म जम्मा २३३ वटा शव फेला परेको जेनाले बताए । यसअघि सयभन्दा बढी चिकित्सक घटनास्थलमा परिचालन गरिएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू दुखी भएको र शोकसन्तप्त परिवारसँग आफ्नो समवेदना रहेको बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
यसैबीच, भारतीय गृहमन्त्री अमित शाहले घटनालाई ‘गहिरो पीडादायी घटना’को संज्ञा दिएका छन् । ओडिसा राज्यमा एक दिने शोकको घोषणा गरिएको छ । शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू स्थानीय समय अनुसार ७ बजे खसेका थिए, ती मध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए। अर्को रेल -हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो, त्यसपछि पल्टिएको डिब्बामा ठोक्किएको थियो । भारतीय अधिकारीहरूले घटनामा रोकिराखिएको एक सामान बोक्ने रेल पनि संलग्न थियो। केही जीवित यात्रुहरू भग्नावशेषमा फसेकाहरूलाई उद्धार गर्न हतारिएको देखिएका थिए। स्थानीय बस कम्पनीहरूले पनि घाइते यात्रुहरू ओसारपसार गर्न मद्दत गरिरहेका थिएबिबिसिले जनाएको छ।

भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ र क्रमशः सरकारले पूर्वाधार सुधार गर्न करोडौं डलर लगानी गरेको भए पनि दुर्घटनाहरू भइरहन्छन् । भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । बिहार राज्यमा चक्रवातको समयमा यात्रु ट्रेन ट्र्याकबाट उछिटिँदा ८०० यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया