गाडीबाट खसेर एक महिलाको मृत्यु

२० जेठ, भक्तपुर । भक्तपुरको राधेराधेमा गाडीबाट खसेर एक महिलाको मृत्यु भएको छ। आज बिहान भक्तपुर नगरपालिका-१ सल्लाघारी, राधेराधेबाट निकोसेरा जाने क्रममा ‘हात्ती गाडी’ पछाडि सवार एक महिलाको गाडीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए । 

बा २१ च ५३०१ नम्बरको गाडीबाट खसेर गम्भिर घाइते भएकी ती महिलाको सल्लाघारीस्थित डा. ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको पहिचान भने नखुलेको डिएसपी पाठकले जानकारी दिएका छन् ।काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्दै आएका गाडी चालक ३० वर्षीय सुर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भने भइरहेको डिएसपी पाठकले जानकारी दिए ।

प्रतिक्रिया