धान रोपाइको तयारीमा रहेका किसानलाई बलेफी गाउँपालिकाको कृषि औजार वितरण

बलेफी गाउँपालिकाले मुख्य खाध्य बाली धान रोपाइको तयाीमा रहेका किसानलाई कृषि औजार वितरण गरेको छ ।

२० जेठ, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले मुख्य खाध्य बाली धान रोपाइको तयारीमा रहेका किसानलाई कृषि औजार वितरण गरेको छ ।

शनिबार बलेफी गाउँपालिका वडा नं २ स्थित ब्रम्हायणी साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय किसानलाई कृषि औजार वितरण गरिएको हो । उपस्थित किसालाई बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ र वडा नं २ का अध्यक्ष छविलाल न्यौपानेले नयाँ कृषि यन्त्र र औजार वितरण गरेका थिए । सहकारीको समन्वय र कृषि ज्ञान केन्द्र धुलिखेलको अनुदान सहयोगमा उपलब्ध कृषि यान्त्रिकरण र कृषि औजार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तामाङले कृषि क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा बलेफी गाउँपालिकाको वडा नं २ का किसानलाई ३५ थान हाते ट्याक्टर , मकै छोडाउने हाते मेसिन (कर्न सेलर) डिक्स मिल, कम्वाइन मिल, स्प्रे लगायतका सामाग्री हस्तारन्तरण गरिएको हो । हरेक किसानले सबै खाले कृषि सामग्री ५० प्रतिशत अनुदानमा पाएको सहकारीले जनाएको छ । यसबाट धार रोपाइको तयारीमा रहेका किसान लाभान्वित भएका छन् ।

प्रतिक्रिया