जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा चौतारामा विविध कार्यक्रम

जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकामा विविध कार्यक्रम आयोजना गरिएको छ ।

२२ जेठ, चौतारा । जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकामा विविध कार्यक्रम आयोजना गरिएको छ । नगर स्तरीय दलित समन्वय समितिले सबै वडाका दलित समुदायको सहभागितामा वृहत र्याली र माध्यमिक विद्यालय स्तरीय वत्तृत्वकला कार्यक्रम सहित चौतारामा १८ औ जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाएको हो ।
विहान ११ः३० वजे वसपार्कबाट सुरु भएको र्याली चौतारा साँगाचोकगढी नगरपालिका कार्यालयको प्रांगणमा पुगेर अन्त्य भएको थियो । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सञ्चालित सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक संयोजक गोविन्द पराजुली, नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश सचिवालय सदस्य, नेपाल दलित ‘मुक्ति मोर्चा केन्द्रिय उपमहासचिव एवं नगर आर्थिक विकास समिति संयोजक गणेश वि क, नेकपा (एमाले) वागमती प्रदेश सदस्य एवं मुक्ति समाज केन्द्रिय सदस्य चन्द्र धिमालकोटी, नेकपा (एमाले) जिल्ला सचिव रामचन्द्र वस्नेत, नगर सामाजिक विकास समिति संयोजक राम प्रसाद गौतम, वडाध्यक्षहरुलगायत विभिन्न पार्टीका अगुवाहरुको सहभागिता रहेको थियो ।
दिवसकै अवसरमा यही जेष्ठ १९ गते चौताराको श्रीकृष्ण रत्न गंगा मा वि तथा जुगल वहुमुखि क्याम्पसमा सम्पन्न वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका छ जना विद्यार्थीहरु विच “जातिय विभेद तथा छुवाछुतको प्रभाव तथा न्युनिकरणका उपाय” शिर्षकमा भएको प्रतिस्पर्धामा दक्षिणकाली माध्यमिक विद्यालयको छात्रा स्मारिका श्रेष्ठ प्रथम, श्री सेति देवि माध्यमिक विद्यालयको छात्रा सन्ध्या श्रेष्ठ द्धितिय, सेति देवि पञ्चकन्या मा वि को सलिना भण्डारी तृतिय र श्रीकृष्ण रत्न गंगा मा वि को छात्रा नेहारिका माश्केले सन्त्वना स्थान हासिल गरे ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले आगामी आर्थिक बर्षमा तीन वडालाई छुवाछुत मुक्त वडा घोषणा गरी अभियानको सुरु गर्ने घोषणा गर्दै दलित समुदायको मागप्रति आफु पुरै प्रतिवद्ध रहेको बताए । कार्यक्रममा सहभागी सबै राजनिति पार्टीका प्रमुख तथा प्रतिनिधिहरुले समाजमा कलंकको रुपमा रहेको जातिय छुवाछुत प्रथाको अन्त्य गर्न दलित तथा गैरदलित समुदाय संगसगै लाग्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमका अध्यक्ष एवं नगर दलित समन्वय समिति अध्यक्ष अमर बहादुर विश्वकर्मा र सञ्चालन बागमती प्रदेशका सचिव समेत रहेका उपाध्यक्ष राम शरण विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया