

२३ जेठ, काठमाडौं । सांसद माधव सापकोटाले संसदीय अभ्यासमा खारिएकाहरुबाट भएको प्रस्तुतीले संसदप्रति गर्व गर्ने अवस्था गुम्ने चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार संसदमा संबोधनका क्रममा सांसद सापकोटाले पछिल्ला प्रस्तुतीहरुले सांसदहरुको इज्जजत गर्ने अबस्था नभएको टिप्पणी गरेका हुन् । उनले भने ‘म त संसदमा पहिलो सांसद, संसदीय अभ्यासका हिसाबले पहिलो पटक संसदमा उभिएको छु, पञ्चायत फटाएको, बहुदल फटाएको र गणतन्त्रमासमेत अभ्यास गरिरहेका अग्रजहरुका कार्यशैली, अभ्यास, अभिव्यक्तिहरु हेर्दा एकातिर छ, हाम्रा नियमावलीहरु, अभ्यास, नजिहरु अर्कातिर छन्, कन्फ्युजन, हिजोसम्मको घटना क्रममा आउँदा त्यतिधेरै हाम्रो इज्जत भएको छैन ।’
नामै नलिई उनले एक मेयरले वडा अध्यक्षसँग दाँजेको प्रसंग कोट्याउँदै अर्जुन पराजुलीको कबिता सुनाए । अर्जुन पराजुलीले आज विहान लेखेको कवितामा भनिएको छ, ‘कुन राँगो कुन भैंसी छुट्याउन सक्ने क्षमता भएको भए को सांसद बनेर बसिरहन्थ्यो महोदय, मेरो देशमा’

