नगर प्रमुख सापकोटाद्वारा चौतारा – ४ मा बहुप्रतीक्षित कोल्डस्टोर भवनको शिलान्यास

चौतारा साँगाचोकगढी नगरपालिकाको गौरवको योजनाका रुपमा रहेका कोल्डस्टोर भवन निर्माण कार्य सुरु भएको छ ।

२४ जेठ, काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकाको गौरवको योजनाका रुपमा रहेका कोल्डस्टोर भवन निर्माण कार्य सुरु भएको छ । बुधबार विहान नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले निर्माण कार्यको शिलान्यास गरेसँगै बहुप्रतीक्षित कोल्डस्टोर भनव निर्माणको काम अघि बढेको हो ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं -४ कुविण्डे बेसीमा निर्माण हुने भवनको सोच निकै पहिले गरिएको भएपनि यसपटक बल्ल सार्थकता पाउने पक्का भएको छ ।
ब्रम्हायणी करिडोरका बेसी फाँटमा उत्पादन हुने नगदेबालीको भण्डारणका लागि नेकपा माओवादीका उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले पहलको थालनी गरेका थिए । यसलाई अघि बढाउने विषयमा पटक – पटक छलफल एवं प्रयत्न भएपछि यसपटक नगरपालिकाले योजना अघि बढाएको छ ।
मालिका देवि विल्डर्स प्रा.लि.ले निर्माण ठेक्का पाएको भवन बनाउन २०८० माघ २८ सम्मको समय सिमा तोकिएको छ । कूल २ करोड २ लाखमा निर्माण गरिने शीत भण्डार भवनका लागि नगर गौरवको योजना र संघको शसर्त अनुदान बजेटको स्रोत रहेका छन् । शीत भण्डार निर्माण भएपछि वरपरका बहुसंख्यक किसान लाभान्वित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया