काठमाडौं पूर्वका १३ जिल्लाका लागि जडिबुडीबाटै यथासक्य छिटो बस पार्कको व्यवस्था हुनुपर्छ : सांसद सापकोटा

सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले काठमाडौं पूर्वका १३ जिल्लाका लागि जडिबुटिबाटै यथासक्य छिटो बसपार्क सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

२६ जेठ, काठमाडौं । सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले काठमाडौं पूर्वका १३ जिल्लाका लागि जडिबुटिबाटै यथासक्य छिटो बसपार्क सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा धारणा राख्दै सांसद सापकोटाले काठमाडौं पूर्वका सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछाप लगायतका १३ जिल्लाका लागि जडिबुटिबाटै बस सञ्चालन हुनु पर्ने बताएका हुन् । सम्बोधनका क्रममा उनले भने ‘लामो समयदेखि यात्रुरुहरुलाई सेवा दिइरहेका पूर्व अरनिको यातायात पहिले रत्नपाकस्थित पुरानो बसपार्कबाट सेवा दिइरहेको थियो, । ०७३ सालदेखि त्यहाँ महानगरको टावर निर्माण भइरहेको छ, केही समय टुँडीखेलमा बसपार्क सर्यो, अहिले ती बसलाई कतै पार्क छैन । यात्रु र मजदुरलाई निकै हैरानी छ ।’
उनले हालै काठमाडौं महानगरपालिकाले यि यातायातलाई गंगबुबाटै सेवा सञ्चालन गर्न गरेको सूचना अव्यवहारिक भएको बताए । ‘सो यातायात समितिले महानगरका मेयर समेतको परामर्शमा आफ्नै पहलमा जडीबुटीमा बसपार्क निर्माण र सञ्चालनको तयारी गरिरहँदा हालै काठमाडौ महानगरपालिकाले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रुबसले आगामी असार १ गतेदेखि गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ । टिकट काट्न पनि त्यहीं पुग्नुपर्ने नियम झनै अव्यावहारिक छ ।’ सांसद सापकोटाले जडिबुटीमा आएका बस गंगबु पुग्नै पर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुडी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धीत मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सम्बोधनको पूर्णपाठ
‘काठमाडौं पूर्वका सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछाप लगायतका १३ जिल्लामा लामो समयदेखि यात्रुरुहरुलाई सेवा दिइरहेका पूर्व अरनिको यातायात पहिले रत्नपाकस्थित पुरानो बसपार्कबाट सेवा दिइरहेको थियो । ०७३ सालदेखि त्यहाँ महानगरको टावर निर्माण भइरहेको छ, केही समय टुँडीखेलमा बसपार्क सर्यो, अहिले ती बसलाई कतै पार्क छैन । यात्रु र मजदुरलाई निकै हैरानी छ ।
सो यातायात समितिले महानगरका मेयर समेतको परामर्शमा आफ्नै पहलमा जडीबुटीमा बसपार्क निर्माण र सञ्चालनको तयारी गरिरहँदा हालै काठमाडौ महानगरपालिकाले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रुबसले आगामी असार १ गतेदेखि गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ । टिकट काट्न पनि त्यहीं पुग्नुपर्ने नियम झनै अव्यावहारिक छ ।
जडिबुटीमा आएका बस गंगबु पुग्नै पर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुडी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन म सभामुख मार्फत सम्बन्धीत मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउँछु, लालसलाम ।’

प्रतिक्रिया