मुख्य सचिवमा वैकुण्ठ अर्याल, वैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त

३२ जेठ, काठमाडौं। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ ।

सिंहदरबारमा विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए ।
यसैगरी मन्त्रिपरिषद बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त निवर्तमान मुख्यसचिव बैरागीले सपथ आज पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई सपथ गराएका हुन् ।

प्रतिक्रिया