नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री रायमाझी, खाँडसहित १६ जनालाई जेल चलान

नेपाली नागरिकलाई झुटो विवरण बनाएर भुटानी शरणार्थी बनाउने उच्च अधिकारीहरुलाई अदालतले जेल चलान गर्न आदेश दिएको छ ।

१ असार, काठमाडौं । नेपाली नागरिकलाई झुटो विवरण बनाएर भुटानी शरणार्थी बनाउने उच्च अधिकारीहरुलाई अदालतले जेल चलान गर्न आदेश दिएको छ । नेपाली नागरिकलाई कागजमा भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा मुछिएका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्मका लागि जेल चलान गर्न जिल्ला अदालत काठमाडौले आदेश दिएको हो । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएको छ । मुद्दासँग जोडिएका १२ जना भने अझै फरार छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा निलम्बित सचिव टेक नारायण पाण्डे सहित १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउने आदेश दिएको हो ।

प्रतिक्रिया