आठ महिना पछि कार्कीको ‘कामु’हट्यो, आजै प्रधानन्यायाधीशमा नियुक्ति र शपथ

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

१ असार, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले आजै प्रधानन्यायाधीश नियुक्त गरेका थिए। प्रधानन्यायाधिस कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेकोमा संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन गरेको थियो।
यस अघिका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा सेवाबाट अवकाश भएपछि कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । आठ महिनापछि उनको पदअघिको कायममुकायम हटेको छ ।

प्रतिक्रिया