प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

२ असार, मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
शनिवार विहान मेलम्ची क्षेत्र पुगेका उनले हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिएका हुन् ।


निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे  जानकारी गराएका थिए । सोक्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराएका हुन । प्रधानमन्त्री प्रचण्डले मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताले भोग्नुपरिरहेको समस्याका बारेमा समेत जानकारी लिएका थिए । उनले भने, कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ।
आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्थालाई पनि गम्भीरतापूर्वक लिएको प्रधानमन्त्रीमन्त्रीले बताए ।

प्रतिक्रिया