नेपालले आईसीसी विश्वकप छनोट खेलमा जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

आईसीसी विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा नेपालले जिम्बावेविरुद्द २९१ रनको लक्ष्य पेश गरेको छ ।

३ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा नेपालले जिम्बावेविरुद्द २९१ रनको लक्ष्य पेश गरेको छ । टस जितेर जिम्बावेले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको हो ।
नेपालका लागी कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाएका थिए । उनले ९५ बलमा १३ चौका र २ छ्क्का गरेर जम्मा ९९ रन बनाएका हुन । त्यस्तै अर्का खेलाडी आसिफले १०० बलमा ६६ रन बनाएका थिए । रोहितले २९ बल खेलेर ५ चौका सहित जम्मा ३१ रन बनाए । कुशल मल्लले ३ छक्का र २ चौकासहित ४२ बलमा ४१ रन बनाए ।
त्यस्तै आरिफ शेख १०, गुल्सन झा १३, दिपेन्द्रसिंह ऐरी ६ रनमा आउट भएका थिए । आजको खेलमा करन केसी २ र सोमपाल कामी र भिम सार्कीले भने एक रन पनि नेपालको पोल्टोमा ल्याउन सकेनन् ।

प्रतिक्रिया