ब्रिटिश काउन्सिल आइइएलटिएस पुरस्कार २०२३ को आवेदन खुला

पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउन्सिल आइइएलटिएस पुरस्कार २०२३ को लागि आवेदन खुला गरिएको छ ।

४ असार, काठमाडौं । पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउन्सिल आइइएलटिएस पुरस्कार २०२३ को लागि आवेदन खुला गरिएको छ । आइइएलटिएस पुरस्कारको आवेदन चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, वियतनाम, बङ्गलादेश, पाकिस्तान, नेपाल र श्रीलकामा बसोबास गर्ने छात्रहरूको लागी खुला गरिएको हो । वार्षिक रुपमा हुने यो प्रतियोगिताले आइइएलटिएस परीक्षामा सफल भएका छात्रहरुलाई विश्वविद्यालयहरूमा विद्यार्थी शुल्क रूपमा ५,००० डलर सम्मको सहयोग प्रदान गर्दछ।
यो आवेदन आइइएलटिएस मार्फत स्थानीय वा विदेशमा स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका छात्रहरूका लागि खुलेको हो । प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत कुल तीन विजेताहरूलाई उनीहरूको अध्ययनमा सहयोग पुयाउन नगद पुरस्कार दिन गर्न चुनिने यसको नियम रहेको छ ।
आवेदनको अन्तिम मिति आगामी सेप्टेम्बर १५ सम्म रहेको छ ।
ब्रिटिस काउन्सिल नेपालका परीक्षा महाप्रबन्धक म्याक्सिम राइमनले भने, “आइइएलटिएस प्राइज पाउने विजेताहरू विदेशमा आफ्नो अध्ययनबाट ज्ञान लिएर आफ्ना गृह समुदायकहरूमा ज्ञान फैलाउन पक्का भएका व्यक्ति हुन् । हामी अन्तर्राष्ट्रिय अध्ययन र सहकार्य सबैका लागि थप शान्त र समृद्ध विश्व निर्माण गर्न महत्वपूर्ण छ भन्ने विश्वास गछौं र हामी यी महत्वाकांक्षी र बुद्धिमान व्यक्तिहरुलाई आफ्नो लक्ष्य हासिल गर्न सहयोग गर्न पाउँदा गर्व गर्छौं।“

प्रतिक्रिया