उत्ताउलो राष्ट्रवादले हामीलाई सहि दिशामा लाँदैन : सांसद सापकोटा

सांसद माधव सापकोटा सुबोधले उत्ताउलो राष्ट्रवादले नेपाललाई फाइदा नपुग्ने टिप्पणी गरेका छन् । सोमबार संसदमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा भागलिंदै सांसद सापकोटाले उत्ताउलो राष्ट्रवादले नेपाललाई सहि दिशामा लान नसक्ने बताएका हुन् ।

४ असार, काठमाडौं । सांसद माधव सापकोटा सुबोधले उत्ताउलो राष्ट्रवादले नेपाललाई फाइदा नपुग्ने टिप्पणी गरेका छन् । सोमबार संसदमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा भागलिंदै सांसद सापकोटाले उत्ताउलो राष्ट्रवादले नेपाललाई सहि दिशामा लान नसक्ने बताएका हुन् ।

सोमबार परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको मन्त्रालयगत छलफलका क्रममा सांसद सापकोटाले विश्व र क्षेत्रिय राजनीतिमा देखा परेका अन्तरविरोधलाई कुशलतापूर्वक समाधान गर्नु पर्ने धारणा राखे । उनले कुटनीतिक नियोगहरुको सक्रियता, सक्षमता र पारदर्शिताका बारेमा प्रश्न उठेको बताउँदै श्रम कुटनीतिमा नियोगहरु कति संवेदनशील र जिम्मेवार छन् भनेर समीक्षा गर्न सरकारको ध्यानाकर्षण गराए । यस विषयमा परराष्ट्र मन्त्रालय नै बढी सम्वेदनशील बन्नु पर्ने उनको भनाई थियो । विकास कुनीति जबरजस्त रुपमा आइरहेको विषयलाई पनि व्यवस्थित तबरले अघि लैजानु पर्नेमा उनको जोड थियो ।
उनले उर्जा मन्त्रालयसँग सम्बन्धीत रहेर नयाँ विद्युत ऐन सदनमा आउन ढिला हुनुको कारणबारे जानकारी गराउन माग गरे । उर्जा र सोलारतर्फ पिपिए खोलिनु पर्ने बताए र क्यु फोर्टीको मोडल हटाएर टेक एण्ड पे को मोडलमा जान सुझाब दिए । प्रशारण लाइनमा खुकुलो नीति लिनु पर्ने र ९५ प्रतिशत नागरिकका घरमा विजुली पुगेको अबस्थामा ग्यास चुलो लाई विस्थापित गरेर इन्डक्सन वितरण गरिनु पर्ने उनको धारणा थियो ।
सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित रहेर सांसद सापकोटाले सामाजिक सञ्जालको व्यवस्थापन र च्याट जिपिटी, बार्ड गुगल जस्ता एआईहरुका बारेमा धारणा स्पष्ट गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया