अमेरिकाले नेपाललाई दियो २०८ रनको चुनौती

आईसीसी विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा अमेरिकाले नेपाललाई २०८ रनको चुनौती दिएको छ ।

५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा अमेरिकाले नेपाललाई २०८ रनको चुनौती दिएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङ गरेको थियो । अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनाएको हो ।
खेलको सुरुवाती समयमा नेपालले राम्रो प्रदर्शन गरेको थियो ।
अमेरिकालाई करण केसी एक्लैले ४ विकेट लिएका थिए । गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । त्यस्तै ललित राजवंशीले एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया