अमेरिकामाथि नेपालको सानदार जित

आईसीसी विश्वकप छनोट खेल अन्तर्गत जिम्बावेमा आज भएको खेलमा नेपालले अमेरिकामाथि जित निकालेको छ ।

५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेल अन्तर्गत जिम्बावेमा भएको खेलमा नेपालले अमेरिकामाथि जित सानदार निकालेको छ ।
टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको अमेरिकाले २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य स्विकार्दै जवाफी ब्याटिङ गरेको नेपाल ४३ ओभरमै ६ विकेटले विजयी भएको छ ।
नेपालका लागि भीम सार्की नट आउट रहेरै सर्वाधिक ७७ रन बनाए । ११४ बलमा उनले ७ चौका र १ छक्काले सर्वाधिक रन लिएका हुन। दीपेन्द्रसिंह ऐरीले पनि नट आउट हुदै ३९ रन बनाए । ३२ बलमा ५ चौका र १ छक्कासहित उनले सो स्कोर ल्याएका हुन् । त्यस्तै  कुशल भुर्तेलले ३९ रन बनाए । आसिफ सेख, रोहित पौडेल, कुशल मल्लले भने क्रमशः १२, १६ र १३ रन नेपालको स्कोरकार्डमा जोड्न सफल भए । अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट गरेर जम्मा ४ विकेट लिएका थिए । नेपालले आगामी खेल बिहीबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

प्रतिक्रिया