नेपाल सामु वेष्ट इण्डिजले दियो ३४० रनको विशाल लक्ष्य, ललितले लिए ३ विकेट

आईसीसी विश्वकप छनोट खेल अन्तर्गत आजको खेलमा वेष्ट इण्डिजले नेपाल सामु ३४० रनको विशाल लक्ष्य दिएको छ ।

७ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेल अन्तर्गत आजको खेलमा वेष्ट इण्डिजले नेपाल सामु ३४० रनको विशाल लक्ष्य दिएको छ ।
जिम्बाबेको घरेलु हरारे मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका तर्फबाट बलियो प्रतिस्पर्धिमाथि दबाब राख्न गरिएको प्रयासले खासै काम गर्न नसक्दा ठूलो लक्ष्यको सामना गर्नु परेको हो । सुरुमै विकेट लिएर नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र जोडेका थिए । खेलमा ललित राजवंशीले ३ विकेट लिन सफल भए भने करन केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । यसअघि मंगलबार भएको खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको थियो ।

प्रतिक्रिया