नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति लामाको निधन

नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ ।

९ असार, सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगी उनको उपचारका क्रममा शुक्रवार राती काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ६४ वर्षीय लामा नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी पार्टीको १३ औं जिल्ला अधिवेशनबाट जिल्लाको सभापतिमा निर्वाचित भएका थिए । शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा उत्रिएका लामा पार्टीको १४ औं महाधिवेशनमा सह महामन्त्रीको प्रत्याशी रहेका थिए ।

लामाको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकले बताएको छ ।

प्रतिक्रिया