भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन ।

१२ असार, काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।
ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको क्रममा उनी पक्राउ परेका हुन ।
जग्गा हडप्न सरकारी कागजात नै लोप पार्ने, कागजातका अंक र अक्षरमा थपघट गर्ने तथा मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या गरी त्यसलाई नै आधार मानेर तलबाटै टिप्पणी उठाउने काम भएको सीआईबीको अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रतिक्रिया