अदालतको अवहेलना मुद्धामा मेयर बालेन्द्रसँग अदालतले माग्यो लिखित जवाफ माग

अदालतको अवहेलना मुद्धामा सर्बोच्च अदालतले काठमाडौंका मेयर बादेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।

१२ असार, काठमाडौं । अदालतको अवहेलना मुद्धामा सर्बोच्च अदालतले काठमाडौंका मेयर बादेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।
मेयर शाहविरुद्ध परेको रिटको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले मेयर शाहसँग अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको हो । शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतमा दिएको निवेदनमाथि न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले उनीसँग लिखित जवाफ माग गरेको हो।
भारतीय चलचित्र आदीपुरुषको नेपाली चलचित्रहलहरुमा सञ्चालबारे विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको टिप्पणी गरेका थिए ।
उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै धारणा सार्वजनिक गरेपछि कानून भन्दा माथि कोहि नभएको भन्दै सोही टिप्पणीलाई लिएर उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

प्रतिक्रिया