बजेट लगत्तै सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पारित गरौं : सांसद सापकोटा

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले बजेट लगत्तै चालु अधिवेशनबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नु पर्नेमा जोड दिएका छन् ।

१३ असार, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटाले बजेट लगत्तै चालु अधिवेशनबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नु पर्नेमा जोड दिएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा धारणा राख्ने क्रममा सांसद सापकोटाले ज्यादै संवेदशील र महत्वपूर्ण विषय भएकोले अर्को अधिवेशन नकुरी यसलाई पारित गर्नु पर्ने बताएका हुन् । उनले संघीयता कार्यान्वयनका मुख्य सवालहरु संघीय निजामती कर्मचारी सेवा ऐन, संघीय शिक्षा ऐन र संघीय प्रहरी समायोजन ऐन जस्ता महत्वपूर्ण ऐनहरुलाई समेत यहि अधिवेशमा पेश गुर्न पर्ने धारणा राखे ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित नहुँदा द्वन्द्वकालका मुद्धा टुंगो लाग्न सकेका छैनन् ।
यसैविच आज बसेको संसदको बैठकबाट विनियोजन विधेयक २०८० पारित भएको छ । पहिलो पटक मत विभाजबाट पारित गरिएको विधेयकका पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो ।

प्रतिक्रिया