‘सरकारले ल्याउने बजेट आम जनताका लागि हुनुपर्छ’ सांसद सहयात्री

सिन्धुपाल्चोक क्षेत्र नं १ को 'क' बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सदस्य सरल सहयात्री पौडेलले सरकारले ल्याउने बजेट आम जनताको हुनु पर्ने बताएका छन् ।

२१ असार, हेटौंडा । सिन्धुपाल्चोक क्षेत्र नं १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सदस्य सरल सहयात्री पौडेलले सरकारले ल्याउने बजेट आम जनताको हुनुपर्ने बताएका छन् । बागमती प्रदेश सभालाई सम्बोधन गर्दै सांसद पौडेलले बजेट सत्ता पक्ष र बिपक्षको नभएर जनताको पक्षमा हुनुपर्ने धारणा राखेका हुन् ।
कुन पक्षलाई कति बजेट भन्ने बहस व्यर्थको भन्दै उनले ब्यङ्ग्य गरे । ‘यो बहस बजेट प्रस्तुत भएपछी जनताको पक्षमा छ छैन भन्दापनि आफ्नो पक्षमा छ छैन भन्नेमा केन्द्रित भएको छ’, उनले भने । प्रतिपक्षहरुको भुमिका सकारात्मक आलोचना र रचना सहितको खबरदारी हुनुपर्ने उनको तर्क छ । उनले भने “ यो सरकारपक्ष त्यो प्रतिपक्षमा जान्छ , प्रादेशिक सडकहरुको निर्धारण गर्न खोज्दै छ, हाम्रो कृषिको क्षेत्र के हो, हाम्रो शिक्षा क्षेत्र के हो, यी क्षेत्रहरुमा हामी कम्तिमा हरेक मन्त्रालयसङ्ग सम्बन्धीत रहेर जनतालाई टिच गरौं, तल गाउँपालिकाहरुलाई टिच गरौं र हामी भनौ यो क्षेत्र भन्दा बाहेक हामी बजेट हाल्दैनौ, साझा प्रतिबद्धता गरौ र त्यसलाई एउटा कानुनि मान्यता दिने उपायको निमित्त पनि साझा ढङ्ले छलफल गरौं ।’ सांसद पौडेलले भने ‘हाम्रो बजेटको निरन्तर क्यारेकटर हेर्दा धेरै चिज बनाएका रैछौ , बनाउदो रैछौ, दिगो विकासका लक्ष्यहरु पनि एकदम सु–ब्यवस्थित बनेको छ, तर दिगो विकासको लक्ष अन्तरगत हाम्रो एउटा सबै भन्दा ब्याकबोन शिक्षामा १.३ %, १.५ %, १.६ % जाँदो रैछ , अनि जुन सङ्केत नै नभएको बजेट भित्र ६९ -७०% जादो रैछ ।’ सांसद सहयात्रीले रणनीतिक उदेश्यहरुप्रति साझा प्रतिबद्धता बनाउन सरकार र प्रतिपक्षहरु दुबै तयार रहनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया