जनताको काम गरेर वडा सरकारको अनुभूति गराउँदै चौतारा ११ का अध्यक्ष गिरी

रातो माटो र पानीको प्राकृतिक स्रोत कम रहेको वडाबाट गतवर्ष अध्यक्ष निर्वाचित उनले बर्षातमा परेको पानी जम्मा गरेर सिंचाइ गर्ने अभियान सुरु गरेका थिए ।

२१ असार, चौतारा । ‘भललाई जल बनाउने अभियानको पहिलो चरण सफलता पूर्वक सम्पन्न गरेका छौ।’ बर्षातमा परेको पानी जम्मा गर्न बनाइएको प्लाष्टिक पोखरीमा भलको पानी जम्मा गर्न थालिएको तस्बिरसहित चौतारा साँगाचोकगढी नगरपालिका, वडा नं -११ का अध्यक्ष रोशन गिरीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे । रातो माटो र पानीको प्राकृतिक स्रोत कम रहेको वडाबाट गतवर्ष अध्यक्ष निर्वाचित उनले बर्षातमा परेको पानी जम्मा गरेर सिंचाइ गर्ने अभियान सुरु गरेका थिए । सोही अभियान अन्तरगत भएको कामको सफलतालाई दर्साउन उनले फोटो पोष्ट्याएका हुन ।

त्यसको केही दिन अघि उनले पोष्ट गरे ‘वडा नं ११ – चौतारा साँगाचोकगढी नगरपालिकामा अतुलनीय सफलता, हामीले हाम्रो प्यारो वार्डमा निशुल्क स्वास्थ्य अभियान आयोजना गर्यौं र रूख रोप्यौं भन्ने खबर बाँड्न पाउँदा हामी हर्षित छौं ।’ उनले लेखेका छन ‘तपाईंको समर्थन र सहभागिताको लागि धन्यवाद, हामीले वडाका सबै बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्यौं र हाम्रो वातावरणमा महत्त्वपूर्ण प्रभाव पार्ने काम गर्यौं, उज्यालो, स्वस्थ र हरियालीयुक्त भविष्यका लागि सँगै काम गरिरहौं ।’

शान्ति सेवा गृह काठमाडौं र जिल्ला वन डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा वडाले साँगाचोकस्थित पाथीभरा वनमा ३ हजार पाँच सय विरुवा रोपिएको विषयमा गिरीले जानकारी दिएका थिए । सल्लो र थाकल मात्रै रहेको सुख्खा पाखोमा विरुवा रोप्न नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सिता थापा, वडाबासीका साथै सशस्त्र प्रहरी कार्यालयबाट ५० जनाको प्रहरी टोली पुगेको थियो । वडा कार्यालयले पाखोमा भल जम्मा गर्न पोखरी खनेपछि सिंचाई सुविधा हुने देखेर डिभिजन वन कार्यालयले विरुवा उपलब्ध गराएको गिरीले जानकारी दिए । विरुवा रोपिएको पाखो र भल जम्मा गर्न खनिएको पोखरी वडा नं ११ को कार्यालय भन्दा ठिक मुनी छ । वडा अध्यक्षको नियमित रेखदेखमा भइरेहका कामको वडावासी र नगरपालिकाले समेत प्रशंसा गरेका छन ।

अघिल्लो हप्ता मात्रै जंगल छेउका खेत बारीमा जंगली जनावर रोक्न तार बार गरेर चर्चा एवं प्रशंसा कमाएर अध्यक्ष गिरीले आफ्नो कार्याकालमा वडावासीसँग प्रत्यक्ष जोडिएका काममा विशेष ध्यान दिने बताए । 

प्रतिक्रिया