दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन सांसद सापकोटासहितको नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान

दिगो विकाससम्म्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन साँसद सापकोटा सहितको नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान

२४ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा आयोजित दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागी हुन संघीय सांसद माधव सापकोटा सुबोध सहितको पाँच सदस्यीय नेपाली प्रतिनिधि मण्डल आइतबार अमेरिका प्रस्थान गरेको छ ।
प्रतिनिधि मण्डलमा सांसद सापकोटा, प्रकास पन्थ, महेश बर्तौला, प्रतिनिधि सभाका सचिव रोजनाथ पाण्डे र गैर सरकारी संस्था महासंघ नेपालका उपमहासचिव राजेन्द्र शर्मा सहभागी छन् । सम्मेलन अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा यही असार २५ देखि साउन ३ गते सम्म चल्ने छ ।
कोरोना भाइरस रोगबाट स्वास्थ्यलाभको गति र सबै तहमा दिगो विकासका लागि २०३० एजेण्डाको पूर्ण कार्यान्वयन भन्ने विषयबस्तुमा केन्द्रीत हुने उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन राष्ट्रिय योजना आयोगबाट समेत प्रतिनिति मण्डल अ‍ेरिका गएको छ । फोरमका सहभागीहरुले दिगो विकासका लक्ष्यहरुमा कोभिड १९ महामारीको प्रभावालाई सम्बोधन गर्न प्रभावकारी र समावेशी निदानका उपाएहरुबारे थप छलफल गर्न सक्षम हुने र एजेण्डा २०३० को पूर्ण कार्यान्वयनका लागि कार्ययोग्य नीति निर्देशनहरु अन्वेषण गर्न सक्षम हुने विश्वास लिइएको छ । सन् २०१६ बाट सुरु गरिएको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि तय गरिएको एजेण्डा २०३० को सुरुवातमै कोभिड १९ को ठूलो प्रभाव परेपछि लक्ष्य प्राप्तिमा चुनौति थपिएको छ । फोरममा ३९ देशले प्रस्तुती गर्ने छन्, जसमा नेपालको नाम भने समावेश छैन ।
दिगो विकास लक्ष्यलाई विकास लक्ष्यका रुपमा अंगिकार गरेका नेपाल लगायत विश्वभरबाट जम्मा हुने राजनीतिक नेतृत्वले कोभिड १९ को प्रभाव पछि यसको भविष्यबारे गम्भीर बहस गर्ने छन् भने लक्ष्य ६, ७, ९, ११ र १७ को समिक्षा हुने कार्यसूचि छ ।
जुलाई महिनामा उच्चस्तरीय राजनीतिक फोरमले दिगो विकास लक्ष्यको कार्यान्वयनको मध्यकालीन समीक्ष र सन् २०२३ मै हुने दिगो विकास लक्ष्य सम्बन्धी शिखर सम्मेलनको तयारीलाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
सन् २००० मा १५ बर्षका लागि अघि सारिएको सहस्राब्दी विकास लक्ष्य र सन् २०१६ देखि लागु गरिएको दिगो विकास लक्ष्य लागि विकास कार्यक्रमसँगै लगिरहेको नेपालका लागि २०७२ को भूकम्प, कोभिड १९ र बढ्दो परनिर्भरताका कारण तोकिएका सूचकहरु पुरा गरी लक्ष्य हासिल गर्न भने सजिलो नभएको सम्बन्धीत विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया